राष्ट्रिय समाचार

रेशम चौधरी र लक्ष्मी महतोमाथिको मुद्दा खारेज गर्न माग गर्दै बर्दिबासमा प्रदर्शन

बिज्ञापन

जनकपुरधाम । फरार सांसद लक्ष्मी महतो र जेलमा रहेका पूर्वसांसद रेशम चौधरीको पक्षमा महोत्तरीको बर्दिबासमा आज प्रदर्शन गरिएको छ ।

बिज्ञापन

रेशम चौधरी र लक्ष्मी महतोमाथि लगाएको झुठा मुद्दा खारेज गर भन्दै समर्थकहरुले प्रदर्शन गरेका हुन् । लक्ष्मी महतोका हजारौं मतदाता र समर्थक तथा थारु समुदाय प्रदर्शनमा सहभागी थिए ।

महतो महोत्तरी १ बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् । मधेश आन्दोलनका क्रममा ०७२ मा जलेश्वरमा भएको सशस्त्र प्रहरीका असई थमन विकको हत्यामा संलग्न रहेको महतोमाथि आरोप लागेको छ ।

जिल्ला अदालत महोत्तरीबाट महतो दुई वर्ष अगाडि एक लाख धरौटीमा रिहा भएका थिए । पछि उच्च अदालत जनकपुरले थुनामा राख्न आदेश दिए पनि महतो फरार छन् ।

सांसद महतो संसदमा पुगेर शपथग्रहण गरे । पछि प्रधानमन्त्रीलाई विश्वासको मत र सभामुखको निर्वाचनमा पनि सांसद महतो सहभागी भए । तर पछि पक्राउ गर्नुपर्ने आवाज उठेपछि उनी सम्पर्कविहिन बनेका छन् ।

बिज्ञापन