राष्ट्रिय समाचार

लुम्बिनीका नवनियुक्त मन्त्रीहरूको शपथ आज

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरूको पद तथा गोपनीयतको शपथ आज हुने भएको छ ।  प्रदेश प्रमुख सचिवालयका अनुसार दिउँसो १ बजेका पद तथा गोपनीयताको शपथ ग्रहणको कार्यक्रम आयोजना गरिएको छ ।

मुख्यमन्त्री लीला गिरीले सात जनालाई मन्त्रिमण्डलमा समावेश गरेर शनिवार सरकारलाई पूर्णता दिएका थिए ।

बिज्ञापन

जसअनुसार जोखबहादुर महरा आर्थिक मामिलामन्त्री, चेतनारायण आचार्य खानेपानी, इन्द्रजित थारू भौतिक पूर्वाधार विकास, विष्णुप्रसाद पन्थीलाई स्वास्थ्य, कृष्णा केसी आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयको जिम्मेवारी तोकिएको थियो ।

यसैगरी, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण, जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था र चन्द्रकेश गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।