टीकापुर

टीकापुरमा सुदूरपश्चिमका मुख्यमन्त्री शाह र नागरिक उन्मुक्तिका अध्यक्ष श्रेष्ठबीच ‘वान टू वान’ वार्ता

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाह र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठबीच भेटवार्ता भएको छ ।

कैलालीको टीकापुरमा रहेको होटल सिद्धार्थमा उनीहरूबिच ‘वान टू वान’ वार्ता भएको हो ।

बिज्ञापन

भेटमा समसामयिक राजनीतिक विषय र सुदूरपश्चिमको नवगठित सरकारका विषयमा कुराकानी भएको बुझिएको छ ।

प्रदेशमा ७ सांसद रहेको उन्मुक्तिले विश्वासको मत नदिँदा एमाले नेतृत्वको सरकार ढलेको थियो । शुक्रवार मात्रै कांग्रेसका शाह मुख्यमन्त्री बनेका थिए ।

शाह बिहानै कैलालीको जानकी गाउँपालिका ६ स्थित जगतपुरमा रेशमको घर पुगेर आमा सुल्फी देवी चौधरीलाई भेट्दै उनको रिहाइका लागि पहल गर्ने प्रतिबद्धता जनाएका थिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।