राष्ट्रिय समाचार

उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केहीबेरमा बस्दै

बिज्ञापन

काठमाडौं, माघ २९ गते । समसामयिक राजनीतिक विषय र सरकारलाई पूर्णता दिनेबारेमा छलफल गर्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक केहीबेरमा बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अहिले बिहान ९ बजेपछि बैठक बस्ने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । 

बिज्ञापन

बैठकमा राष्ट्रपति तथा उपराष्ट्रपतिका सम्बन्धमा छलफल हुनसक्ने प्रेस संयोजक शर्माले बताउनुभयो । सोहीअनुसार मन्त्रिपरिषद् पूर्णताबारे यसअघिको बैठकमा पनि छलफल भएकाले आज पनि त्यसमा छलफल हुने उहाँको बुझाई छ । गत शुक्रबार बसेको बैठकमा चार दलको मात्र सहभागिता थियो । राजपा, रास्वपा र नागरिक उन्मुक्ति पार्टीका नेताहरूको सहभागिता नभएपछि आज पुनः बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा रहेको उच्चस्तरीय राजनीतिक संयन्त्रमा सत्ता साझेदार दलबाट माओवादी केन्द्र, राप्रपा, रास्वपा, जसपा, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी सदस्य छन् । 

बिज्ञापन