राष्ट्रिय समाचार

यातायात मजदुरहरुले गरेको बन्दकार्यक्रम फिर्ता गरेको घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

फागुन २ काठमाडौ यातायात मजदुरहरुले काठमाडौं उपत्यका गरेको बन्द आह्वानकार्यक्रम फिर्ता लिएका छ्न। आन्दोलन फिर्ता संगै गरे संगै सार्वजनिक यातायात सुचारु हुनेछन।
 
यातायात मजदुर र भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठबीच भएको वार्तामा मजदुरलाई कुटपिट गर्नेमाथि कारबाही गर्ने, ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँबसपार्कमा गरेको भनिएको अनियमितता लगायतका विषयमा छानबिन गर्ने सहमति भएपछि आन्दोलन फिर्ता लिइएको हो

सरकारले यातायात क्षेत्रका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएपछी आन्दोलन फिर्ता लिइएको वार्तामा सहभागी मजदुर नेताहरूले बताए।

बिज्ञापन

ट्राफिक प्रहरीले बढाएको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन, अखिल नेपाल यातायात मजदुर सङ्घ र नेपाल यातायात मजदुर सङ्घले आन्दोलनमा थालेपछी गंगबु बसपार्क ,बालाजु बाइपास लगायत राजधानीका बढी भिडभाड हुने क्षेत्र हरुमा सडकमा सवारीसाधन तेर्साएर राखिएका थिए भन तोडफोड आगजनी संगै लुटपाट पनि भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।