सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घट्यो
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । शुक्रबार नेपाली बजारमा पहेँलो धातु सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिनको तुलनामा आज तोलामा ५ सय रुपैयाँले घटेर १ लाख २ हजार ५ सय झरेको हो ।
बिज्ञापन

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज तेजाबी सुनको भाउ प्रतितोला १ लाख २ हजार रुपैयाँ कायम भएको हो ।
यस्तै, चाँदीको मूल्य भने अघिल्लो दिनको मूल्य तोलामा १० रुपैयाँले घट्दै १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
