राष्ट्रिय समाचार

बिन्दबासिनी म्युजिकका सञ्चालक पक्राउ, गायक-गायिकासँग थियो कपिराइट विवाद

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं। बिन्दबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मी पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय साइबर ब्युरोले रेग्मीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आइतबार पक्राउ गरेको हो। उनी विदेशबाट फर्कँदै थिए।

ब्युरोका एसएसपी नविन्द अर्यालले साइबर अपराध सम्बन्धी उजुरीपछि रेग्मीलाई पक्राउ गरिएको बताए । केही गायक गायिकासँग उनको विवाद रहेको बुझिएको छ ।

बिज्ञापन

उनको फेसबुकमा अहिले पनि केही गायक-गायिकाको हस्ताक्षर रहेको कागज राखिएको छ । तर, उक्त कागज के प्रसंगको थियो भने खुल्न सकेको छैन ।

सामाजिक सञ्जालमा गालीगलोज गरेको विषयलाई लिएर उनिविरुद्ध उजुरी परेको थियो। रेग्मीलाई अनुसन्धानका लागि अदालतबाट म्याद लिने तयारी भइरहेको बुझिएको छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।