खेलकुद

मेयर उपमेयर कपको उपाधि छात्रतर्फ विरेन्द्र विद्या मन्दिर र छात्रा तर्फ आइएमइ स्कूल अस्नेहरीले हात पार्न सफल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । टीकापुर नगरपालिका स्तरिय मेयर तथा उपमेयर कप रनिङ शिल्ड छात्र तर्फ विरेन्द्र विद्यामन्दिर टीकापुर र छात्रा तर्फ आइएमई स्कुल अस्नेहरीले आफ्नो हात पार्न सफल भएको छ ।। विरेन्द्र विद्या मन्दिर टीकापुरले खड्ग स्मृति टीकापुर र आईएमई स्कुल अस्नेहरीले कर्णाली मवि टीकापुरलाई पराजित गरेको थियो ।


यस्तै प्रतियोगिता छात्र तर्फ खड्ग स्मृति मावि टीकापुर दोस्रो र यूनाईटेड मावि टीकापुर तेस्रो भएको छ । छात्रा तर्फ कर्णाली मावि टीकापुर र माउन्ट शैपाल ईन्टरनेशनल एकाडेमी टीकापुर तेस्रो भएको छ । प्रतियोगितामा प्रथम हुनेलाई नगद एकाउन्न हजार सहित प्रमाण पत्र, मेडल, ट्रफी, दोस्रो हुनेलाई पैतिस हजार सहित प्रमाण पत्र, मेडल, ट्रफी र तेस्रो हुनेलाई २१ हजार सहित प्रमाण पत्र, मेडल, ट्रफी प्रदान गरिएको थियो ।

बिज्ञापन

प्रतियोगितामा विरेन्द्र विद्या मन्दिर टीकापुरका सुवास शाही, कर्णाली मावि टीकापुरकी रोशनी पुरी उत्कृष्ट खेलाडी छनोट भएका छन् भने युनाईटेड एकाडेमी टीकापुरका एलिस शाही र माउन्ट शैपाल ईन्टरनेशल एकाडेमीका उषा शाही उदयमान खेलाडी छनोट भएका छन् । 
यसैगरी प्रतियोगिता भरी विरेन्द्र विद्या मन्दिर मावि टीकापुरका किशोर कार्की र आईएमई स्कुल अस्नेहरीका अपेक्षा चौधरी उत्कृष्ट गोलरक्षक घोषणा भएका छन् भने प्रतियोगितामा सबैभन्दा बढी गोल गर्ने खेलाडीकारुपमा विरेन्द्र विद्या मन्दिर टीकापुरका साजन बुढा र आइएमई स्कुल अस्नेहरीका आकृति साउद रहेका छन् । 

यस्तै उत्कृष्ट रक्षक खड्ग स्मृति मावि टीकापुरका सागर चौधरी र आईएमई स्कुल अस्नेहरीका सरिता शाही रहेका छन् । हरेक विधामा उत्कृष्ट हुने खेलाडीहरुले नगर २ हजार पांच सय र ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिता उद्घाटनमा भएको मार्च पासमा खड्ग स्मृति मावि टीकापुर प्रथम, सन्तनिरंकारी आर्दश मावि टीकापुर दोस्रो र नोबेल पब्लिक स्कुल सत्ती तेस्रो भएको छ । मार्च पासमा प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः पांच हजार, चार हजार र तीन हजार सहित प्रमाणपत्र प्राप्त गरेका छन् । 
खेल क्षेत्रमा योगदान दिए बाफत पूर्व राष्ट्रिय खेलाडी सिद्धराज ठकुल्लालाई नगद ५१ हजार र प्रमाणपत्रले सम्मान गरिएकोे थियो ।

प्रतियोगिता समापन गर्दै टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुले आगामी दिनमा खेल क्षेत्रमा देखिएका कमजोरीलाई सुधार गर्दै सबै विधाका खेललाई समेटी टीकापुरमा खेलाडी उत्पादन गर्न विभिन्न प्रतियोगिता संचालन गर्दै जाने बताउनुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।