टीकापुर

सन्त निरंकारी मण्डल नेपालद्वारा टीकापुर पार्क सरसफाई गरिने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, ८ फागुन । सन्त निरंकारी मण्डल नेपालद्वारा टीकापुर पार्क सरसफाई गरिने भएको छ । सन्त निरंकारी मण्डल नेपाल टीकापुर शाखा र सन्त निरंकारी आर्दश विद्या मन्दिर टीकापुरद्वारा सत्गुरु बाबा हरदेव सिंह जी महाराजको जन्मोत्सवको अवसरमा ‘स्वच्छ जल, स्वच्छ मन, स्वच्छ जल, स्वच्छ नल’ भन्ने निरंकारी सत्गुरु माता जीको पवित्र उद्गारलाई कार्यान्वयन गर्ने सिलसिलामा निःस्वार्थ भावनाले टीकापुर वृहत पार्कको पिकनिक स्थल फागुन १३ गते बिहान ७.३० बजे देखि ९.३० बजेसम्म सरसफाई गर्ने कार्य भएको सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले मालिका समाचारलाई बताउनु भयो ।

उक्त सरसफाई अभियानमा सन्त निरंकारी सत्संग भवन टीकापुर तथा सन्त निरंकारी आदर्श विद्या मन्दिरबाट करिब ४०० स्वयं सेवक तथा विद्यार्थीहरुको सहभागीतामा पिकनिक स्थलको सरसफाई गरिने अध्यक्ष रावलले बताउनु भयो ।

बिज्ञापन

ज्ञात रहोस कि अहिले टीकापुर पार्क भित्र रहेको पिकनिक स्थलमा खाने पानी टंकीको राम्रोसंग रेखदेख नभएर पानी चुहिएर यत्र–तत्र फैलिएर स्थल नै फोहरमय बन्न पुगेको छ र पिकनिक स्थल वरिपरि थुप्रै फोहरको डुंग्रो पनि रहेको छ । पार्क घुम्न आउने पर्यटकहरुलाई पनि यसको सास्ती भोग्नु परेको स्थानीय जनक चौधरी बताउनु हुन्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।