अर्थ

लघुवित्त र मिटरब्याजीलाई विप्लवको गृहजिल्लामा प्रतिबन्ध

बिज्ञापन

रुपन्देही । नेत्रविक्रम चन्द ‘विप्लव’ को गृहजिल्ला कपिलवस्तुमा लघुवित्त र मिटरब्याजीलाई प्रतिबन्ध घोषणा गरिएको छ । विप्लव नेतृत्वको नेकपा पश्चिम कपिलवस्तुले आफ्नो क्षेत्रमा उनीहरूलाई प्रतिबन्ध लगाएको हो ।

बिज्ञापन

मिटरब्याजी र लघुवित्तीय संस्थाहरूको आतंकले पश्चिम कपिलवस्तुका जनतालाई जीवनमरणको अवस्थामा पुर्‍याएको पार्टीका सेक्रेटरी पावेल सी र इन्चार्ज हेमन्त सीले विज्ञप्तीमार्फत बताएका छन् ।

‘त्यस्ता व्यक्ति र संस्थाको अमानवीय आर्थिक शोषणले जनतालाई आत्महत्यासमेत गर्न बाध्य बनाएको छ । विभिन्न प्रकारका डर, धम्की र दबाब दिएर गरिने यस्ता कार्यको सम्बन्धमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ ।

जनतालाई अनुचित नाफाको मनसाय राखी ऋण प्रवाह गर्ने र असूलउपरका लागि हदै प्रकारको हतकण्डा अपनाउने पाइएको विज्ञप्तिमा लेखिएको छ । ऋण प्रवाह गरेको सानो साँवा रकमको हजारौं गुणा बढी असूलउपर गरिसक्दा पनि दबाबमा असूलउपर जारी रहने गरेको पाइएको नेकपाले भनेको छ ।

आफूहरूको शान्तिपूर्ण आग्रहलाई बेवास्ता गरिए जनतालाई आत्महत्या गर्न बाध्य पार्ने वित्तीय अपराधीहरूले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिँदै बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदरलाई एक अंकमा कायम गर्न पनि अनुरोध गरिएको छ ।

बिज्ञापन