टर्कीमा पुनः ६.३ म्याग्नेच्युडको भूकम्प गयो

काठमाडौं । टर्कीमा पुनः शक्तिशाली भूकम्प गएको छ । ७.८ म्याग्नेच्युडको भूकम्प गएको दुई सातापछि सोमबार पुनः ६.३ म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको हो ।
दक्षिणी टर्कीको हतय प्रान्तलाई केन्द्रविन्दु बनाएर भूकम्प जाँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ । टर्कीका अधिकारीहरुले सोमबारको भूकम्पमा परी दुई सय ९४ जना घाइते भएको बताएका छन् । उक्त भूकम्पपछि दर्जनौं पराकम्पनहरू गइरहेको त्यहाँका अधिकारीले जनाएका छन् ।

भूकम्प गएको हतय प्रान्त सिरियाको नजिकै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । दुई साताअघि गएको शक्तिशाली भूकम्पमा परी टर्की र सिरियामा मृत्यु हुनेहरूको संख्या ४६ हजार नाघेको छ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
