अवर्गीकृत

अन्तिम खेलमा नेपालले टस जितेर स्कटल्याण्डविरुद्ध फिल्डिङ गर्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

९ फागुन, काठमाडौं । आईसीसी लिग-२ अन्तर्गतको त्रिकोणात्मक सिरिजको चौथो तथा अन्तिम खेलमा नेपालले टस जितेर फिल्डिङ गरिरहेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर स्कटल्याण्डलाई ब्याटिङको निम्तो  दिएका हुन् ।

बिज्ञापन

नेपाली टिममा एक परिवर्तन गरिएको छ । तेस्रो खेलमा खेलेका तीव्र गतिका बलर गुल्सन झालाई स्पिनर ललित राजवंशीले प्रतिस्थापन गरेका छन् ।

नेपालले जारी घरेलु मैदानमा भएको सिरिजको पहिलो खेलमा नामिबीयालाई २ विकेटले तथा शुक्रबार भएको दोस्रो खेलमा स्कटल्याण्डलाई ३ विकेट र तेस्रो खेलमा नामिबीयालाई ३ विकेटले पराजित गरेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।