घटना

पोखरीमा डुबेर चार वर्षीय बालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

पर्वत : कास्कीको पोखरा महानगरपालिका–५ पस्र्याङमा रहेको खुँडे पोखरीमा डुबेर एक जना चार वर्षीय बालक सुहान के.सी.को मृत्यु भएको छ। 

सोमबार बेलुका घर नफर्किएपछि उनको खोजी कार्य हुँदै जाँदा मङ्लवार घर नजिकै पोखरामा डुबेको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी निरीक्षक ज्ञान खड्काले बताए। खेल्न घर बाहिर गएका उनी राती अबेरसम्म पनि घर नफिर्किएपछि परिवारले खोजीका लागि प्रहरीलाई अनुरोध गरेको थियो।

बिज्ञापन

बालक खेल्ने क्रममा तालमा खसेको हुन सक्ने प्रहरीको अनुमान छ। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको रेस्क्यु टोलीको सहयोगमा बैदाम प्रहरीले पोखरीबाट बालकको शव निकालेको हो।

घटनास्थलमा पुगेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरीको अनुगमन गर्दै पोखरीलाई तत्काल सुरक्षित बनाइने बताएका छन्। उनले पोखरीको चारै तर्फको भागलाई सुरक्षित बनाउन निर्देशन पनि दिएका छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।