कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने

काठमाडौं । दक्षिण कोरियाले नेपालबाट मौसमी श्रमिक नलाने भएको छ । सिजनल भिसामा दक्षिण कोरिया पुगेका ८० प्रतिशत बढी नेपालीहरु अवैध रूपमा उतै बसेको पाइएपछि कोरियाले तीन वर्षका लागि प्रतिबन्ध लगाएको हो ।
मौसमी श्रमिकका रुपमा त्यहाँ पुगेका ७० प्रतिशतभन्दा बढी अवैध रूपमा बसेको पाइए तीन वर्ष प्रतिवन्ध लगाउने त्यहाँको नीति छ । सोहि नीतिअनुसार त्यहाँको अध्यागमन विभागले नेपालसँग तत्काल कुनै सम्झौता गर्न नसकिने त्यहाँ रहेको नेपाली दूतावासलाई जानकारी गराएको हो ।

नेपालबाट गत वर्ष मौसमी श्रमिकका रूपमा कोरिया गएका ८० प्रतिशतभन्दा धेरै श्रमिक सम्झौताअनुसार स्वदेश नफर्किएका कारण कोरिया प्रतिबन्ध लगाउन बाध्य भएको दूतावासले जनाएको छ । यसअघि बेलायत सरकारले पनि नेपाललाई मौसमी श्रमिकका रूपमा लैजान रोक लागाएको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
