राजनीति

जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक : अध्यक्ष यादव

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ : जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको खुलासा गरेका छन्।

बिहीवार सिंहदरबारमा नेकपा(माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो खुलासा गरेका हुन्।

बिज्ञापन

छलफलका क्रममा राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको उनले बताए। प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उनले बताए। उनले आगामी दिनमा सरकारको विषयमा पनि छलफल हुने बताए।

उनले भने‚ ‘उपराष्ट्रपति, राष्ट्रपति, सरकार लगायतका विषयमा हामीले आफ्नो धारणा राख्ने काम गर्‍यौँ। सरकार गतिशील बनाउने कुरा फेरि अन्यत्र पनि जोडिएका छन्। अहिलेको सरकार एमाले र माओवादी लगायतका दलको सहकार्यमा बनेको सरकार हो। प्रचण्डजी जसपालाई उपराष्ट्रपति दिने विषयमा सकारात्मक रहनुभएको छ।’

अध्यक्ष यादवले प्रधानमन्त्री दाहालले जुनसुकै काम गर्दा पनि नेपाली काँग्रेसलाई सहमतिमा लिएर जान चाहेको धारणा व्यक्त गरेको उल्लेख गरे। दाहालले आगामी दिनमा काँग्रेससँग सहकार्य गर्नुपर्नेमा जोड दिएको उनको भनाइ छ।

उनले भने‚ ‘प्रचण्डले अहिले कांग्रेसलाई पनि समेटेर लानुपर्छ भन्ने उहाँको हो। काँग्रेसलाई पनि समेट्नुपर्ने अवस्था हो। काँग्रेसलाई पनि सहमतिमा लिएर जानुपर्छ भन्ने उहाँको इच्छा हो।’

साँझ पुनः प्रधानमन्त्री प्रचण्ड, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र आफूसहितका नेताहरू छलफलमा जुट्ने उनले जानकारी दिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।