अवर्गीकृत

प्रचण्डले राष्ट्रपतिमा कांग्रेसलाई समर्थन गर्नुहुन्न, गर्नै मिल्दैन : ओली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवारलाई समर्थन गर्न नमिल्ने बताएका छन्। 

जन्मदिनका अवसरमा निजी निवास बालकोटमा आयोजित कार्यक्रमपछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले यस्तो बताएका हुन्। 

बिज्ञापन

प्रचण्डले कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने चर्चा बाहिर आएको छ नि ! भन्ने प्रश्नमा ओलीले भने, ‘उहाँले सपोर्ट गर्दै गर्नुहुन्न। गर्नै मिल्दैन । किनभने हामीसँग पुस १० गते नै सम्झौता गर्नुभएको छ।’

पुस १० मा एमालेलाई राष्ट्रपति दिने सहमति गरे पनि प्रधानमन्त्री प्रचण्ड अब कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने मात्रै नभइ पुरानो पाँचदलीय गठबन्धन ब्यूँताउने तयारीमा लागेका छन्। यसले वर्तमान सत्ता गठबन्धन फुटको डिलमा पुगेको छ। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।