महिला टी-२० : अष्ट्रेलिया विश्वकपको फाइनलमा

काठमाडौं । अष्ट्रेलिया आठौं संस्करणको महिला टी–२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । गएराति दक्षिण अफ्रिकाको केपटाउनमा भएको पहिलो सेमीफाइनलमा साबिक विजेता अष्ट्रेलियाले भारतलाई ५ विकेटले हराउँदै फाइनलमा पुगेको हो ।
अष्ट्रेलियाले दिएको १ सय ७३ रनको लक्ष्य पछ्याएको भारतले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६७ रन बनायो । भारतका लागि कप्तान हरमनप्रित कौरले ३४ बलमा ५२ रनको अर्धशतकीय ईनिङ खेले । जेमिनी रोड्रिगेजले ४३ रन बनाउँदा दिप्ती शर्माले अविजित २० रन बनाए ।

रिचा घोषले १४ तथा स्नेहा रानाले ११ रन बनाए । त्यस्तै अष्ट्रेलियाका लागि ड्रासिक ब्राउन र अश्लिग ग्राडनिरले समान २र२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ओभरमा ४ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो ।
अष्ट्रेलियाका लागि बेथ मुन्नीले ३७ बलमा ५४ रनको अर्धशतकीय इनिङ खेलेका थिए । कप्तान मिन ल्यानिङले ३४ बलमा अविजित ४९ रन बनाउँदा अश्लिग ग्राडनिरले ३१ रन बनाए ।
अलेशा हिस्लीले २५ रन बनाउँदा ग्रेक ह्यारिसले ७ रन बनाए । भारतका लागि शिखा पाण्डेले २ तथा राधा यादव र दिप्ती शर्माले समान १–१ विकेट लिए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
