अनौठो

सुँगुरको आन्द्राबाट बनाइएको ३ सय ८४ वर्ष पुरानो कन्डम

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्विडेनको लुन्डमा प्राचीन कन्डम फेला परेको थियो। यो सन्  १६४० को भएको वैज्ञानिकले जनाएका छन्। उक्त  कन्डम सुँगुरको आन्द्राबाट  बनाइएको छ।

तीन सय ८४ वर्ष पुरानो यो  कन्डम पुनः प्रयोग गर्न सकिने  खालको  छ र  यो  जसको  हो, उसले ल्याटिन भाषामा त्यसको विवरण समेत लेखे र राखेको भेटिएको छ। 

बिज्ञापन

रोग  लाग्नबाट  बच्नका  लागि तातो दूधले कन्डम पखाल्नुपर्छ। यो  कुरा रोचक  छ  किनभने  छालाल बनाइएका कन्डम सङ्क्रामक यौन रोग  रो कथाममा प्रभावकारी हुँदैन भन्ने ज्ञान त्यसका निर्मातालाई थियो।

त्यस कालमा भेडाका आन्द्राको समेत कन्डम बनाइन्थ्यो। त्यसपछि १७औँ शताब्दीमा आएर  गर्भ नरहोस् भनी कन्डम प्रयोग गर्न थालिएको तथ्य भेटिन्छन्।

इङ्गल्यान्डमा समेत त्यस कालमा कन्डम प्रयोगमा आएका थियो। इङ्गल्यान्डका कन्डम पशु र माछाका आन्द्राबाट बनाइएका हुन्थे। गुफामा  फेला परेको एक लिखतले  इसापूर्व १०००  मा  इजिप्टवासीले  कन्डम प्रयोग गरेको सङ्केत गर्छ तर यसमा विवाद  छ।

यस्तै  फ्रान्सको  कम्बरेल्सको  गुफामा बनाइएका पेन्टिङले  समेत  दुई  हजार वर्षपहिले  कन्डम  प्रयोगमा आएको देखाउँछ।  त्यस कालमा युद्धमा लामो समय  घरबाहिर रहँदा रोमन सैनिकहरूलाई भेडाको सुकाएका आन्द्रबाट बनाइएका कन्डम वितरण गरिएको थियो। 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।