राष्ट्रिय समाचार

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशन हुँदै

बिज्ञापन

१२ फागुन, काठमाडौं । राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज (शुक्रबार) अन्तिम नामावली प्रकाशन हुँदैछ । मतदाता नामावलीमा समावेश नाममा दावी विरोध, उजुरी र छानविनपछि आज नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ । निर्वाचन कार्यतालिका अनुसार १३ गते उम्मेदवारी दर्ता हुनेछ । राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

बिज्ञापन

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुई वटा मतदान केन्द्र रहने छन् । एउटा मतदान केन्द्रमा संघीय सांसद र अर्कोमा प्रदेश सभाका सदस्यले मतदान गर्नेछन् । अपराह्न ४ बजेदेखि मत गणना प्रारम्भ गरी सोही दिन ७ बजेभित्रमा नतिजा सार्वजनिक गर्ने आयोगको तयारी रहेको निर्वाचन आयोगको निर्वाचन शाखाका ऋषिराम भुसालले जानकारी दिए ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनमा ८८१ मतदाता छन् । कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको नाम मतदाता नामावलीमा समावेश गर्न निवेदन परेको छ ।

अन्य चार वटा निवेदन भने नाम सच्याउने विषयमा रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मतदाता नामावलीको दाबी विरोधमा भने कुनै निवेदन दर्ता नभएको बताइएको छ । प्राप्त निवेदनका सम्बन्धमा छलफल गरी निर्वाचन अधिकृतको कार्यालयले आज मध्याह्न १२ बजे राष्ट्रपतिको निर्वाचनका लागि मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने जनाएको छ ।

बिज्ञापन