एमाले तत्काल सरकारबाट नबाहिरिने, पुस १० को सहमति कार्यान्वयनको पहल गर्ने निर्णय
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । नेकपा एमालेले तत्काल सरकारबाट तत्कालनबाहिरिने निर्णय गरेको छ । आज बिहान ललितपुरस्थित पार्टी मुख्यालयमा बसेको सचिवालय बैठकले सरकारबाट तत्काल नबाहिरिने निर्णय गरेको हो ।
एमालेले राष्ट्रपतिमा पुस १० को सहमति पालना गर्न पहल गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वीसुब्बा गुरुङले बताए । एमालेबाट सुवास नेम्वाङलाई उम्मेदवारको रुपमा अगाडि सारेर सहमति पालनाको लागि पहल गर्ने निर्णय भएको प्रवक्ता गुरुङले बताए।
बिज्ञापन

उनले कांग्रेसबाहेक सबै दललाई एमालेले उठाएको राष्ट्रपतिको उम्मेदवारलाई मत माग्न पत्राचार गर्ने समेत बताए।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
