घटना समाचार

घरमा पेट्रोलियम पदार्थ छर्केर आगजनी

बिज्ञापन

तनहुँ, फागुन १२ गते । तनहुँको व्यास नगरपालिका ३ शान्ति नगरस्थित पञ्चबहादुर रानाको घरको च्यानल गेटमा बिहीबार राती साढे १० बजे एक युवतीले  पेट्रोलियमजन्य पदार्थ छर्केर आगजनी गरेकी छन् ।

बिज्ञापन

स्कुटरमा आएकी ती युवतीले रानाको घरको च्यानल गेटमा आगजनी गरेकी हुन् । ती महिलाले कपडामा पेट्रोलियमजन्य पदार्थले च्यानल गेटभित्र आगो लगाएर फरार भएको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार शुरुमा रानाको घर हेरेर फर्किएकी ती युवतीले रानाको घर नजिकै रहेको चाउमिन फ्याक्ट्रीमा रोकिराखेको जिप अगाडि स्कुटर रोकेर आगो लगाएको सिसि क्यामेराबाट देखिएको छ । 

सोही ठाउको पिच सडक छोडेर नालाको बाटो हुँदै ती युवती कपडामा प्रज्ज्वलशस्ली पदार्थ लिएर आगजनी गरेर भागेको घरधनीले बताए । जिल्ला प्रहरी कार्यालय तनहुँले रानाको घरमा प्रज्ज्वलनशील पदार्थको प्रयोग गरी आगजनी भएको जनाएको छ ।

दोषी पहिचालन गरी कारवाही अगाडि बढाउन  पीडितले निवेदन दिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक नरहरि अधिकारीले जानकारी दिनुभयो । 

सेतो जकेट, ब्राउन कलरको पाइन्ट र ककसुज लगाएकी ती युवतीले स्कुटर चलाउँदा अगाडि खाली भएको हेल्मेट लगाएको सिसि क्यामेरामा कैद भएको दृश्यबाट देखिएको छ । रानासँग रिसीवी भएकाले त्यसरी घरमा आगजनी भएको हुनसक्ने अनुमान गरिएको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।

आगो समयमै निभाइएकाले  मानवीय क्षति हुन नपाएको सोही ठाउँ निवासी स्थानीय बासिन्दा शिला वाग्लेले जानकारी दिनुभयो । तनहुँमा यसरी पेट्रोलियम पदार्थको प्रयोग गरी मानिसले घरको च्यानल गेटभित्र आगो लगाएको सायद पहिलो घटना हो, ‘‘वाग्लेले भन्नुभयो, यो घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।’’ 

सिसी क्यामेरामा देखिएको हुलियाको आधारमा ती युवतीको खोजी भइरहेको प्रहरी निरीक्षक अधिकारीले बताउनुभयो ।   

बिज्ञापन