सुदूरपश्चिम प्रदेश

प्रचण्डका कारण देश अस्थिर बन्दै गइरहेको पूर्व मन्त्री गुरुङको आरोप

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । नेकपा एमालेका नेता तथा पूर्व सञ्चार मन्त्री पार्वत गुरुङले पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनैतिक स्थिरता हुन नसकेको बताएका छन्।

कैलालीको धनगढीमा मानवअधिकार एलायन्सको सुदूरपश्चिम प्रदेश अधिवेशनमा बोल्दै उनले प्रचण्ड अस्थिर नेता रहेको र उनकै कारण पनि देश अस्थिर बन्दै गइरहेको बताए ।

बिज्ञापन

उनले भने, ‘प्रचण्डजस्ता अस्थिर मान्छे हुँदासम्म मुलुकले स्थिरता पाउँदैन। प्रधानमन्त्री पदका लागि पुरानो गठबन्धनबाट एमालेको समर्थन खोज्ने, फेरि कांग्रेसलाई साथ दिनेजस्ता अविश्वसनीय कामले भावी राजनीतिप्रति समेत वितृष्णा जगाएको छ।’

राजनीतिक स्थायित्व कायम गर्ने अन्तिम मौका पाएका प्रचण्डले त्यो पनि गुमाएको उनको आरोप थियो । गुरुङले आफ्नो प्रतिबद्धता र इमानदारीमा रहनुपर्ने प्रधानमन्त्रीले नै बेइमान गरेको भन्दै जनताले सजाय दिनेसमेत चेतावनी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।