सुदूरपश्चिम प्रदेश

महाकालीमा एसएसबीको अनधिकृर्त -याफ्टिङ

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कञ्चनपुरः भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले नेपाली प्रशासनलाई जानकारीसमेत नदिई महाकाली नदीमा विपद् प्रतिकार्य र खोज उद्धार अभ्यासका नाममा महाकाली नदीर्मा -याफ्टिङ गरिरहेको छ।

अन्तर्राष्ट्रिय कानुनविपरीत एसएसबीले दार्चुलाको जौलजिवीदेर्खि -याफ्टिङ गरिरहेको हो। बिहीवार सुरु भएर्को -याफ्टिङ आइतवार कञ्चनपुरको सीमावर्ती क्षेत्र टनकपुरमा पुगेर समापन हुने जनाइएको छ।

बिज्ञापन

भारत उत्तराखण्ड राज्यको पिथौरागढ र धार्चुला क्षेत्रका एसएसबीको टोलीले सैन्य गतिविधिकै झल्को दिने गरी महाकालीर्मा -याफ्टिङ गरिरहेका हुन्। उक्त टोलीमा कति जना छन् भन्नेसम्म पनि नेपाली प्रशासनलाई जानकारी छैन । ‘हामीलाई यसबारे कुनै जानकारी वा समन्वय गरिएको छैन,’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले भने, ‘यस विषयमा पिथौरागढका डीएम (डिस्ट्रिक्ट मेजिस्ट्रेट) रिना जोशीलाई शुक्रबार पत्राचार पनि गरेका छौं।’ सीमा नदी भएकाले समन्वय गर्नुपर्नेमा अबदेखि यस्तो नगर्नसमेत पत्रमा उल्लेख गरिएको उनले बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।