स्वास्थ तथा सरसफाइ

सन्त निरंकारी मण्डल नेपाल, महेन्द्रनगरद्वारा महाकाली सिँचाई नहरको सरसफाई

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

महेन्द्रनगर, १४ फागुन । सन्त निरंकारी मण्डल नेपाल, महेन्द्रनगरद्वारा महाकाली सिँचाई नहरको सरसफाइ गरिएको छ । भीमदत्त नगरपालिका ६ ऐठपुरस्थित सन्त निरंकारी मण्डल, महेन्द्रनगरले महाकाली सिँचाईको नहरमा सरसफाई गरेको छ ।


प्रोजेक्ट अमृत अन्तर्गत ‘स्वच्छ जल, स्वच्छ मन, स्वच्छ कल’ भन्ने मुलनाराका साथ हिजो सन्त निरंकारी मण्डल नेपाल, महेन्द्रनगर कंचनपुर शाखाद्वारा सरसफाई अभियानको क्रममा महाकाली नदीबाट नेपालका लागि आइरहेको मुलनगर शिवमन्दिर खण्डमा नहर सरसफाइ गरिएको छ। महेन्द्रनगर सत्संग भवनद्वारा आयोजित सरसफाइ अभियानको उद्घाटन सन्त निरंकारी मण्डल नेपालका केन्द्रिय सहसचिव एवं महेन्द्रनगर मुखि श्री नरबहादुर बिश्वकर्माले गर्नु भएको थियो ।

बिज्ञापन


उक्त अभियानमा सेवादल युनिट नं. ८३७ का सेवादल भाइबहिनी एवं भिमदत्त नगरपाललिका दोधारा–चाँदनी तथा बेदकोट, सुक्लाफाटा नगरपालिका लगायतका सन्त परिवारहरुको सहभागिता रहेकोे थियो । कार्यक्रम पश्चात् भिनपा ६ ऐठपुर स्थित सत्संग भवनमा वृहत् सत्संग कार्यक्रमको आयोजना गरिएको थियो । सत्संग कार्यक्रममा सेवा नै धर्म हो भन्दै पर्यावरणमा जल स्वच्छताको महत्वका साथै ब्रम्हलिन सत्गुरु बाबा हरदेव सिंह जी महाराजको जन्मदिनको अवसरमा बाबा जीको जीवनीको चर्चा तथा सन्त निरंकारी मिशन लाई दिएको योगदान, विश्व मानव समाजलाई मानवता, समानता, एकता र एकत्वको सन्देश बारे चर्चा गरिएको थियोे । कार्यक्रमको स्टेज सेवा प्रचारक महात्मा करन सिंह सुनार जीको रहेको थियो भने सत्संग पश्चात लंगर ( भण्डारा) को व्यवस्था गरिएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।