राष्ट्रिय समाचार

राष्ट्रपति निर्वाचन : आज अन्तिम नामावली प्रकाशित हुने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचन प्रक्रियाअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशति गर्ने कार्यतालिका रहेको छ ।

त्यसअघि उम्मेदवारी फिर्ता लिन चाहेको उम्मेदवारले उम्मेदवारी फिर्ता लिन सक्नेछन् । त्यसपछि आजै निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्नेछ ।

बिज्ञापन

राष्ट्रपति निर्वाचनका लागि आठ दलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल उम्मेदवार बनेका छन् भने नेकपा एमालेले नेता सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ । निर्वाचन कार्यतालिका अनुसार राष्ट्रपतिका लागि फागुन २५ गते बिहान १० बजेदेखि ३ बजेसम्म मतदान हुनेछ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाका अनुसार अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई मतदानस्थल तोकिएको छ । मतदानका लागि दुईवटा मतदान केन्द्र रहनेछन् । प्रदेशसभाका सदस्य ५५० र संघीय संसदका ३३२ गरी ८८२ मतदाता छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।