राजनीति

नेकपा एसका तीनवटा जनसंगठन ‘विवादग्रस्त’को सूचीमा

बिज्ञापन

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना तीन जनसंगठनलाई ‘अत्यधिक विवादग्रस्त’ को सूचीमा राख्दै निर्धारित समयभित्रै राष्ट्रिय सम्मेलन वा महाधिवेशन गरिहाल्न ताकेता गरेको छ । त्यसअघि आयोजक कमिटी गठन गर्नुपर्ने नत्र पार्टीले हस्तक्षेप गर्ने तयारी छ ।

बिज्ञापन

पार्टीले पुस अन्तिम साता अन्तरसंगठन निर्देशन (असनि)- ३ जारी गर्दै सम्पूर्ण जनसंगठनलाई जेठ मसान्तभित्र राष्ट्रिय सम्मेलन गर्ने समयसीमा तोकेको छ । सबैभन्दा बढी विवाद भएको भन्दै पार्टीले अनेरास्ववियू, युवा संघ र प्रेस संगठनका राष्ट्रिय सम्मेलनका विषयमा हस्तक्षेप गर्ने तयारी थालेको एक नेताले बताएका छन् ।

अनेरास्ववियूमा अध्यक्ष सुदेश पराजुली र महासचिव आरती लामा समूहका बीचमा चर्को विवाद छ । युवा संघमा अध्यक्ष नरेश शाही र इञ्चार्ज दिलु पन्त समूहको विवादले उग्र रुप लिएको छ ।

प्रेस संगठनमा इञ्चार्ज तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा र वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी समूहबीचको असमझदारीले पार्टी प्रचार फाँट नै अस्तव्यस्त हुने तहका काम भएको पार्टी नेताहरुले ठहर गरेका छन् ।

६ पुसमा सम्पन्न उक्त पार्टीको सचिवालय बैठकले जनसंगठनहरुको हकमा सम्पूर्ण कमिटीहरुलाई तत्काल सम्मेलन आयोजक कमिटीमा रुपान्तरण गर्न निर्देशन दिए पनि अहिलेसम्म कुनै पनि जनसंगठनले आयोजक कमिटी बनाएका छैनन् । तर, राष्ट्रिय सम्मेलनको तयारीमा भने जुटेका छन् । फागुन मसान्तभित्र सम्पूर्ण जिल्ला सम्मेलन सम्पन्न गर्ने, चैत मसान्तभित्र प्रदेश र जेठ मसान्तभित्र राष्ट्रिय सम्मेलन वा महाधिवेशन सम्पन्न गर्न भनिएको छ ।

युवा संघका अध्यक्ष नरेश शाहीले गत मंसिर ४ मा सम्पन्न प्रदेशसभा निर्वाचनमा बाजुराबाट चुनाव जितेका थिए । त्यसलगत्तै उनले युवा संघको उपाध्यक्षसमेत रहेका पार्टीका म्याग्दी जिल्ला कमिटी अध्यक्ष कृष्णकुमार विकलाई संगठनको कार्यवाहक अध्यक्ष तोकेका थिए । जबकि युवा संघका उपाध्यक्षहरु काठमाडौंमै पनि थिए । त्यसमध्ये पार्टी अध्यक्ष माधवकुमार नेपालका भाञ्जाका रुपमा चिनिने नितेश पौडेल पनि उपाध्यक्ष हुन् । नितेश दिलु पन्त समूहको भएका कारण नरेश शाही समूहले म्याग्दीमा पार्टीको काम गरिरहेका विकलाई कार्यबाहक अध्यक्ष दिएको हो ।

नरेश शाही समूहले हालका महासचिव दीपक जीएमलाई महाधिवेशनबाट अध्यक्ष बनाउने तयारी गरेको छ भने दिलु समूहले नितेशलाई नै अगाडि सारेको छ । यी दुई समूहको विवादको बीचमा झलनाथ खनाल समूहबाट सञ्जीव राईले पनि अध्यक्षमा दावेदारी पेश गर्दैछन् ।

युवा संघको विवादमा नितेश आफैं एक समूहका रुपमा अगाडि बढ्दा पार्टी अध्यक्ष माधवकुमार नेपाललाई नै अप्ठेरो पर्ने कारणबीचको बाटोबाट समाधान निकाल्नुपर्ने नेताहरुको तयारी छ ।

युवा संघमा भन्दा उग्र विवादको शिकार अखिल बनेको छ । अहिलेका अध्यक्ष सुदेश पराजुलीले उपाध्यक्ष माधव पन्तलाई आगामी अध्यक्षको रुपमा अगाडि सार्न चाहेका छन् । तर, महासचिव आरती लामाले कुनै हालतमा पनि अध्यक्ष नछोड्ने गरी तयारी गरिरहेकी छन् । अखिलका उपाध्यक्षमध्ये माधवसहित यशु लामा, कनिश पटेल र सुदीप शर्मा सुदेशको पक्षमा छन् भने अन्य उपाध्यक्षहरु हिरेन्द्र शाही, केशरी रेग्मी र युवराज कुँवर आरतीलाई अध्यक्ष बनाउन ठाउँ खाली गर्न तयार छन् ।

स्ववियु निर्वाचन सम्मुखमा आएको अवस्थामा संगठनको विवादले निर्वाचन प्रभावित नहोस् भन्नका लागि पार्टीले अखिलमा हस्तक्षेप गर्न चाहेको बताइन्छ ।

अर्को ‘विवादग्रस्त’ मोर्चा हो, समाजवादी प्रेस संगठन । पार्टीले जगन्नाथ खतिवडालाई इञ्चार्जका रुपमा तोकेदेखि हरेक विषयमा उनको हस्तक्षेप र रुचि बढेको आरोप एउटा समूहले लगाएको छ । २०७७ पुस ५ देखि नै तत्कालीन प्रेस चौतारीको माधव नेपाल समूहका तर्फबाट नेतृत्व गर्दै आएका तत्कालीन उपाध्यक्ष विश्वमणि सुवेदी र उनको समूहका पदाधिकारीलाई पाखा लगाएको आरोप उनीहरुले लगाएका छन् ।

तीन महिनाभित्र राष्ट्रिय भेलाको आयोजना गरी नेतृत्व हस्तान्तरण गर्ने म्याण्डेटसहित संस्थापक शम्भु श्रेष्ठ अध्यक्ष बनाइएका थिए । श्रेष्ठपछिको भूमिकामा वरिष्ठ उपाध्यक्ष सुवेदी रहँदै आएका छन् । तर, प्रचार विभाग प्रमुख खतिवडाले भने सुवेदीलाई वरिष्ठ उपाध्यक्ष मानेका छैनन् ।

संगठनमा वरिष्ठ उपाध्यक्ष पद नै नभए पनि सुवेदीले आफूलाई वरिष्ठ उपाध्यक्ष भन्दै हिँडेको आरोप छ ।

संगठनका अध्यक्ष शम्भु श्रेष्ठले राष्ट्रिय सम्मेलनबाट अध्यक्षको जिम्मेवारी विश्वमणिलाई नै दिने बताउँछन् । ‘अब दुई प्रदेशमा विस्तारित बैठक गर्न बाँकी छ, त्यसपछि हामी राष्ट्रिय सम्मेलन तोक्छौं’, श्रेष्ठले भने ।

प्रचार विभाग प्रमुख खतिवडाले भने प्रकाश खतिवडा र भूपराज खड्कामध्ये एक जनालाई अघि बढाउन खोजेका छन्

बिज्ञापन