राप्रपा, रास्वपा र नेकपा एसका नेतासँग छलफल गर्दै सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङले विभिन्न राजनीतिक दलका नेताहरुसँग छलफल गर्ने भएका छन् । राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै सांसदहरुसँग भोट माग्न ब्यस्त रहेका उनले आज राप्रपा, रास्वपा र नेकपा एससँग छलफल गर्ने भएका हुन् ।
नेम्वाङले आज ११ बजे नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग छलफल गर्दैछन् । त्यस्तै, दिउँसो १ बजे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग छलफल गर्ने कार्यक्रम तय भएको सो दलले जनाएको छ ।

यसैबीच नेम्वाङले आजै राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग २ः३० बजे परामर्श गर्दैछन् । नेता नेम्वाङको साथमा एमाले नेताहरु विष्णुप्रसाद पौडेल, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईको सहभागिता रहने बताइएको छ ।
यता आठ दलको तर्फबाट उम्मेदवार बनेका वरिष्ठ नेता पौडेल पनि आन्तरिक रुपमा नेता तथा सांसदसँग परामर्श गरिरहेका छन् । आठ दलीय गठबन्धनले आजै दिउँसो संघीय सांसदहरुसँग अभिमुखीकरण कार्यक्रम तय गरेको छ । राष्ट्रपति पदको निर्वाचन फागुन २५ गते हुँदैछ ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
