अर्थ

सुनको भाउ प्रतितोला ३ सय रुपैयाँले बढ्यो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाली बजारमा आज पहेँलो धातु सुनको भाउ उकालो लागेको छ । बुधबारको तुलनामा आज बिहिबार प्रतितोला ३ सय रुपैयाँले बढेका नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

आज छापावाल सुनको प्रतितोला १ लाख २ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । हिजो बुधबार भने सुनको मूल्य तोलामा १ लाख २ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन तोलामा १ लाख २ हजार एक सय रुपैयाँ कारोबार भएको छ ।

बिज्ञापन

यस्तैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ । बुधबार भने चाँदी १ हजार २५५ रुपैयाँमा कारोबार भएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।