अवर्गीकृत

टीकापुर अस्पतालले भाडामा रहेका कोठा र जग्गा खाली गराउँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर । टीकापुर अस्पतालले भाडामा रहेका कोठा र जग्गा खाली गराउँदै छ। पक्की कोठाहरु तत्काल अस्पताललाई चाहिने र सरकारले अस्पताल परिसरमा भाडामा नराख्न भनेपछि अस्पतालले जग्गा खाली गराउँदै छ ।
अस्पताल अगाडिका पक्की भवनमा कोठा भाडामा दिइएको छ भने जमरा पुल र क्याम्पसरोड तिरका जग्गाहरु भाडामा लिएर व्यापारी बसिरहेका छन् । निजी औषधि पसलहरु अस्पतालभन्दा ३०० मिटर पर हुनुपर्ने सरकारी मापदण्ड अनुसार ताकेता भैरहेकाले कोठा छोडनुपर्ने बाध्यता छ भने अन्य सरकारी संस्थाहरुले जग्गा भाडामा लगाउन नपाउने नीति लिएकाले जग्गा पनि खाली गर्नुपर्ने अवस्था आएको हो ।
टीकापुर अस्पतालले सरकारी नीति र अस्पताललाई नै आवश्यक परेकाले भाडा सम्झौता नवीकरण नगरेको र व्यवसायीहरुले खाली गर्लान भन्ने अपेक्षा गरिरहेको बताएको छ । अस्पताल विकास समितका अध्यक्ष झपटबहादुर सोडारी अस्पतालको फार्मेसीको मापदण्ड नपुगेको, औषधि राख्ने ठाउँ पनि नभएको र डाक्टर थपिदा जाँच्ने ठाउँ पनि नभएकाले कोठा खाली गराउनु परेको बताउनु हुन्छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।

बिज्ञापन