सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेश स् मुख्यमन्त्री शाहले पाए विश्वासको मत

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन्। आइतबार प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन्।

शाहले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा शाहले ४१ मत पाएका हुन्। प्रस्तावको विपक्षमा ११ मत मात्रै पर्‍यो। मतदानमा ५२ जना उपस्थित भएका थिए।

बिज्ञापन

शाह गत माघ २६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए।

तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए। फागुन २६ गते प्रदेश सभामा उनले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल नै अस्वीकृत भएको थियो।

त्यसै दिन कांग्रेस संसदीय दलका नेता शाह मुख्यमन्त्री नियुक्त भएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।