खेलकुद

अर्धशतकलगत्तै कुशल भुर्तेल आउट, दबाबमा नेपाल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । यूएईविरुद्धको खेलमा नेपालका ओपनर कुशल भुर्तेल आउट भएका छन् । आक्रामक ब्याटिङ गर्दै अर्धशतक बनाएलगत्तै उनी आउट भएका हुन् ।

१६ ओभरको तेस्रो बलमा जुनैद सिद्दकीले अफस्टम्पमा फ्याकेको बललाई कुशलले कभर बाउन्ड्रीको दिशा देखाउने प्रयास गरेका थिए । तर, ब्याटको धार लागेर विकेटकिपरबाट क्याचआउट भए ।

बिज्ञापन

कुशलले ३५ बलमा ५० रन बनाए । जसमा ४ छक्का र ३ चौका समावेश थिए ।

कुशलको विकेटले नेपाल चरम दबाबमा परेको छ । अहिले भीम सार्की र आरिफ शेख क्रिजमा छन् ।

कुशलले रनरेटलाई काबुमा राखेर ब्याटिङ गरिरहेका थिए । उनी आउट भएपछि यूएईका बलरहरुले नेपालमाथि थप दबाब बढाउनेछन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।