आस्था /आध्यात्म

सन्त निरंकारी मण्डल नेपाल, टीकापुरद्वारा विशाल नारी सत्संग सम्पन्न, ब्रम्हज्ञानबाट स्वतः प्रेम प्रस्फूटन हुने गर्दछ– डा. उर्मिल जिन्दल

बिज्ञापन

टीकापुर, ३ चैत्र । सन्त निरंकारी मण्डल नेपाल, टीकापुरद्वारा विशाल नारी सत्संग सम्पन्न भएको छ । सन्त निरंकारी सत्संग भवन टीकापुरमा गत २७ चैत्रमा आयोजित उक्त सत्संग समारोहमा केन्द्रीय प्रचार विभाग दिल्लीबाट आउनु भएकी ज्ञान प्रचारक डा. उर्मिल जिन्दलले संसारभित्र सबै दृश्यमान चीज नारीको नै रुप हुन, कोहि पनि पुरुष छैनन् । निराकारले पनि जुन शरीरको रचना गरेको छ, त्यो शरीरको कारण हामी मानवलाई एक पुरुष र एक नारीको रुपमा अलग–अलग गरेर देख्न सक्छौ तर हामी आत्मिक स्तरको कुरा गर्छौ, आत्माको कुरा गर्छौ, तत्वको कुरा गर्छौ भने संसारभित्र सबै चीज नारी नै नारी रहेका छन्, केवल एक निराकार छ त्यो पुरुष हो, जो कर्ता हो, कारण हो त्यही नै पुरुष हो, उहाँले बताउनुभयो ।

बिज्ञापन

उहाँले सत्गुरुको आशीर्वादले नारीहरुलाई समयको सदुपयोग गर्न सकुन भनेर नारी सत्संगको स्थापना गरिएको हो । अहिलेसम्म कतैपनि पुरुष सत्संग नभएर कि त नारी सत्संग हुने गर्दछ, कि त नारी–पुरुष सहभागी भएको जर्नल सत्संग हुने गर्दछ । महिलासंग दिउँसोतिर प्रचुर मात्रमा समय हुने गर्दछ, त्यसको सदुपयोग गर्न सकुन, उनीहरुको मन यताउता नभट्कियोस भनेर नारी सत्संगको स्थापना गरिएको हो । यसभन्दा अरु कुनै नारीको विशेषा छैन कि सत्गुरु माता जीले नारीलाई पुरुषभन्दा धेरै प्रेम गर्नु हुन्छ यस्तो कदापि होईन, गुरुको लागि संसारका सबै प्राणीहरु आफ्ना नै हुन कोहि पराया होइनन्, उहाँले बताउनुभयो ।

उहाँले अगाडि भन्नुभयो कि अहिले भर्खरै हामीले विभिन्न सन्तहरुको मुखारवृन्दबाट नारीका विभिन्न रुपहरु राजमाता कुलवन्त कौर, जगतमाता बुद्धवन्ती, सत्गुरु माता सविन्दर जीको बारेमा सुन्यौं, नारीको विशेषतामा दुर्गाको रुप, कालीको रुप, शक्तिको रुप, सरस्वतीको रुपको कुरा सुन्यौं । यस्तो किनभनियो भन्दा ब्रम्हज्ञान प्रत्येक चीजको आधार हो यदि महान जीवनको कुरा गरिन्छ भने जीवनको महानता केवल ब्रम्हज्ञानबाट हुने गर्दछ । आज हामी सबै ठुला भाग्यशाली हौ कि सत्गुरु माता सुदीक्षा जी महाराजले हामीलाई ब्रम्हज्ञान प्रदान गर्नुभयो । यदि हामीलाई कुनै चीज कसैबाट प्राप्त हुन्छ भने त्यसलाई सम्भाल्नु पनि पर्ने छ । ब्रम्हज्ञानलाई सम्भाल्नको लागि हामीले सेवा, सत्संग, सुमिरण गर्नु पर्ने छ । जसले जति–जति सत्संग गर्छ, त्यसमाथि त्यति–त्यति ज्ञानको रंग चढ्दै जान्छ । जसले जति–जति सेवा गर्छ, जति–जति सुमिरण गर्छ त्यति–त्यति ब्रम्हज्ञानको गहिराईमा डुब्दै जान्छ र जो गहिराईसम्म पुग्छ त्यसैले हिरा–मोती लिएर आउने गर्दछ । गुरमतको हिरा–मोती के हो ? जसको हामी कुरा गर्छौ, त्यो गुरमतको गहिराई के छ जसको हामी कुरा गरिरहेका छौ ? त्यसको यहाँ विभिन्न सन्तहरुले उल्लेख गर्नुभयो, उहाँ प्रष्ट पार्नुभयो ।

उहाँले मानवता एक बाईप्रोडक्ट भएको बताउँदै यसको लागि ब्रम्हज्ञान होइन, ब्रम्हज्ञानबाट सजिलैसंग यो प्राप्त हुने गर्दछ । जस्तै दुधबाट पनिर बनाउनु पर्ने छ वा दहीलाई फटाएर पनिर बनाउनु छ भने जुन छास निस्किने गर्छ त्यो बाईप्रोडक्ट हो, छास त स्वतः दहीबाट निस्किने गर्छ, त्यहाँ तत्व त अरु नै छ वा हामीले दहीबाट घिऊ निकाल्नु पर्ने छ वा पनिर निकाल्नु पर्छ । त्यस्तै मानवताको लागि केहि गर्नु पर्दैन त्यो स्वतः प्राप्त हुने गर्दछ । जब सत्गुरुले हामीलाई ब्रम्हज्ञान दियो तब यही कुरा सम्झाउनु भयो कि संसारका सबै मानव प्राणी एउटै परमात्माका सन्तान हुन । यसबाट सबै भेदभाव समाप्त भएर गएको छ ।

उहाँले आफ्नो उदाहरण दिदै भन्नुभयो कि हुन त म दिल्लीबाट नेपालको यस टीकापुर क्षेत्रमा आएकी छु । यहाँ सबै एक समान लागि रहेका छन्, मलाई यहाँ पहिलो पटक आएको जस्तो लागि रहेको छैन । किनभने यहाँ पनि जो दिल्लीमा सत्गुरुको जुन उद्घोष गरिन्थ्यो त्यही कुरा यहाँ पनि भनिदै छ, त्यही साध संगत, त्यही गुरुको महिमा गाईदै छ आदि सबै समान लागि रहेका छन् । मलाई यस्तो कुनैचिज लागिरहेको छैन कि भिन्न ठाउँमा आएकी छु । निराकारले शरीरलाई चाहिने वस्तु पनि एक जस्तै बनाएको छ, कसैलाई विशेष र कसैलाई सामान्य छैन । यसले ब्रम्हज्ञानद्वारा सम्पूर्ण पर्खाललाई भत्काई दिने गर्दछ र भत्काई दिएपछि यदि तपाईको मुठी बन्द छ भने बन्द नै रहने छ तपाई कसैसंग हात फैलाउन सक्नु हुने छैन, यदि मुठी खुल्योभने हात फैलाउनु सजिलो छ, यसरी सत्गुरुले हाम्रो बन्द रहेको मुठीलाई खोली दियो । कुनैपनि पर्खालको होस चाहे त्यो भाषाको पर्खाल होस वा प्रेमको पर्खाल होस । प्रेमबाट भन्नुहोस वा प्रेमले भन्नुहोस धन निरंकार एउटै हो । कुरा त प्रेमको हो, जो तत्व छ त्यो प्रेम हो । जब प्रेम जीवनमा प्राप्त हुन्छ भने त्यहाँ भाषा कुनै रोकावट हुँदैन । जहाँ प्रेम हुन्छ, त्यहाँ शब्दको आवश्यकता हुँदैन । यदि प्रेमलाई शब्दको मालामा पिरोल्न खोज्छौ भने त्यहाँ प्रेम एक स्टेप तल आउन जान्छ । जुन कुराको आँखा–आँखाबाट कुरा हुन्छ त्यसलाई शब्दमा वर्णन गर्न सकिदैन । ब्रम्हज्ञानबाट स्वतः प्रेम प्रस्फूटन हुने गर्दछ, उहाँले बताउँनुभयो ।

हरदेव बाणीमा उल्लेख गरिएका शब्दहरुको सहारा लिदै उहाँले अगाडि भन्नुभयो कि केवल ज्ञान लिनुमात्र प्रयाप्त छैन । कहिले काहि कुनै सन्तको घरमा जान्छौ भने कुनै सानो बच्चालाई धन निरंकारको लागि त्यस बच्चाकी आमाले चरणमा झुकाउनको लागि ल्याउने गर्छिन तब त्यो बच्चा चरणमा धन निरंकार भनेर जाने गर्छ तर कहिले काहि कुनै सन्तको घरमा बच्चा कि आमाले झुकाउन ल्याउँछिन् तब बच्चालाई आमाले जबरजस्ती टाउकोमा बल लगाएर झुकाउन खोज्छिन् तर बच्चा झुक्न मान्दैन । यसरी यदि हामी स्वयं दिनहुँ धन निरंकार गर्ने छौ र बच्चालाई पनि गर्न सिकाउने छौ भने त्यस बच्चालाई धन निरंकार गर्न आउने छ तर केवल जुन दिन महात्माहरु घरमा आइरहेका छन् र त्यस दिन धन निरंकार गराउन खोजिरहेका छौ भने त्यस बालकले कदापि धन निरंकार भन्ने छैन, त्यसलाई जबरजस्ती गराउनु पर्ने छ । जब हामी बच्चालाई धन निरंकार भन्ने छौ बाच्चाले पनि हामीलाई धन निरंकार भन्ने छ ।

उहाँले आफ्नो उदाहरण दिदै भन्नुभयो कि जब पहिलो पटक सत्संगमा गए तब त्यहाँ एक–अर्कालाई धन निरंकार गरिरहेको देखे । ती सबै सन्तहरु मेरो क्लिनिकमा आउने गर्थे र मलाई डक्टर साहब भनेर सम्मान गर्थे । मैले आफूलाई संकोच मान्दै त्यहाँका महात्माहरुलाई भन्ने गर्थे कि म सबै कुरा गर्ने छु तर सन्तहरुको चरणमा चाहि झुक्ने छैन । मैले यो कुरा भन्दा त्यहाँका सन्त–महात्माहरु भन्ने गर्नुहुन्थ्यो कि ठिक छ हजूरले केवल धन निरंकार भन्नुहोला, कसैको चरणमा झुक्नुको आवश्यकता छैन । दिनहरु बित्दै गए जहिलेपनि सन्तहरु आएर मेरो चरणमा पर्न थाले यो देखेर मलाई निकै आफैमा लाज लाग्न थाल्यो कि म को हुँ ? जो सबै आएर मेरो चरणमा झुक्ने गर्छन् । यसबाट मभित्र सन्तहरु प्रति प्रेमको भावना जागृत हुनगयो म पनि सबैको चरणमा नमस्कार गर्न थाले । यो सबै प्रेमको नै उत्कृष्टता हो । यदि हामी सत्गुरुबाट प्राप्त ज्ञानलाई जीवनमा ढाल्छौ भने त्यहाँ अवश्य प्रेम जागृत हुने छ । यदि ज्ञानलाई जीवनमा ढाल्दैनौ भने स–साना कुराहरुमा अल्झिन थाल्ने छौ, संसारको चकाचौधमा फस्न थाल्ने छौ । बोल्नु मात्र साध संगत होइन, जीवनलाई ज्ञानको मार्गमा ढाल्नु नै साध संगत हो, उहाँले बताउनुभयो ।

उहाँले सधैं ईश्वरसंग गुनासो मात्र गरेर सुखी हुन सकिदैन, यदि हरपल ईश्वरलाई धन्यवाद दिदै जो दिरहेका छौ, त्यो हजूरको कृपाबाट नै प्राप्त भएको हो, जो भइरहेको छ त्यो हजूरको कृपाबाट नै भइरहेको छ भनेर यस निराकार–परमात्मालाई सम्झन्छौभने हामी सधैं सुखी जीवन बिताउन सक्छौ बताउनु भयो ।

जुन कुरा हामी मुखबाट बोली रहेका छौ त्यो हाम्रो कर्मबाट झल्किनु पर्दछ, तबमात्र ब्रम्हज्ञान लिएको सार्थक हुने छ । एक पटक सत्गुरु सुदीक्षा जीले ग्राउण्ड नं.८ दिल्लीमा भन्नुभयो कि यदि हाम्रो ध्यान नै सत्संगमा छैन र केवल हाम्रो शरीर मात्र सत्संग आएको छभने शरीरलाई मात्र किन दुःख दिने त्यसलाई घरमा आराम गर्न दिएभईहाल्यो । यसरी शरीर एक माध्यम हो जसको सहायताबाट हामी सत्संगमा आउने गर्छौ र सत्संग मनले गरिरहेको हुन्छ, यदि सत्संगमा मनले सन्तहरुको बचनलाई नै सुनिरहेको छैनभने सत्संग आएको कुनै फाइदा हुन सक्दैन केवल शरीरलाई मात्र दुःख हुन सक्छ, उहाँले बताउनुभयो ।

त्यस्तै प्रकार सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले केन्द्रीय ज्ञान प्रचार विभागबाट नेपालको विभिन्न ठाउँमा नारी सत्संगमा नारी महापुरुषहरुलाई उत्साह र भरपूर आशीर्वाद दिन ज्ञान प्रचारक डा. उर्मिल जिन्दल जीलाई पठाउनु भएकोमा सत्गुरु माता सुदीक्षा जी महाराजप्रति आभार प्रकट गर्दै भन्नुभयो कि नारी उत्थान र नारी शिल्पकालाको अभियान राजमाता कुलवन्त कौर जीले आरम्भ गर्नुभएको हो, यसलाई जन–जनसम्म पु¥याउनको लागि नेपालमा पहिलो पटक वृहत नारी सत्संगको आयोजना गरिएको बताउनुभयो । उहाँले सत्गुरुको वचनलाई शिरोधार्र गरेर सधैं गुरमतको बाटोमा हिडेको खण्डमा मात्र मानव योनि पाएको सफल गर्न सकिने छ । मानव जीवनको कल्याण हुनेछ यदि मनमतलाई जीवनमा धारण गर्ने छौभने दुःख–कष्ट सधैं आउने छ । त्यसैले जहिलेपनि गुरुको आदेशमा हिड्नु पर्नेमा जोड दिनुभयो ।

उक्त विशाल नारी सत्संगमा तृप्ति, तिर्सना, जसोदा, लक्ष्मी बोहरा, तुलसी बोहरा, कौशिल्या टमट्टा, भद्रा रेग्मी, धनसरी, जनकी रावल, खिमा, कमला, पवित्रा भण्डारी, जूनी रावल, सेतु भण्डारी, लक्ष्मी सोनी, पार्वती बि.क., दिल्लीबाट आउनु भएका गीतकार जगत सिंह र टीकापुर सत्संग भवनका मुखी महादेव भण्डारीले आ–आफ्नो भजन वा प्रवचनको माध्यमबाट भाव व्यक्त गरेका थिए भने सत्संगको कार्यक्रम बंशिका भण्डारीले संचालन गर्नुभएको थियो ।

बिज्ञापन