खेलकुद

दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढी : नेपाललाई विश्वकप क्रिकेटको क्वालिफायरमा छनौट गराउने खेलमा महत्पूर्ण भूमिका निभाएका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई सुदूरपश्चिम सरकारले सम्मान गर्ने भएको छ ।

सुदूरपश्चिमका दीपेन्द्र सिंह ऐरी र भीम सार्कीलाई जनही रू २ लाख दिएर प्रदेश सरकारले सम्मान गर्न लागेको हो। टिममा परेका सन्दीप जोरालाई १ लाख र अन्तिम १८ परेका कमल सिंह ऐरी र अर्जुन सावदलाई जनही ५० हजार लाख दिने घोषणा गरेको छ।

बिज्ञापन

यस अघि पनि प्रदेश सरकारले युएईमा २०२३ मार्चमा सम्पन्न भएको आइसिसि यु १९ वर्ल्ड कपमा सहभागी खेलाडी र अफिसियल लाई सम्मान गर्ने बताएका थियो।

प्रति खेलाडीहरूलाई जनही १ लाख र अफिसियललाई ५० हजारका दरले सम्मान गरिने सरकारले घोषणा गरेको हो।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।