अवर्गीकृत

आँखा नदेख्ने बिरामी युवाको बिचल्ली

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

हुम्ला, चैत ४ गते । बिरामी आँखा नदेख्ने एक युवा उपचार पाउनु त परकै कुरा उहाँ गोठमा बस्न बाध्य छ । सिमकोट गाउँपालिका –२ को ठेहे गाउँका २७ वर्षीय नरेन्द्र बोहरा आँखा नदेख्ने र हिँडडुल गर्न नसक्ने भएपछि उहाँलाई परिवारलाई उपचार गर्न नसक्ने भन्दै गोठमा राख्दै आएको छ । 

बोहरा विगत तीन वर्षदेखि गोठमा बस्दै आउनु भएको हो । बिरामीका दाइ रामबहादुर बोहराले आँखा नदेख्ने र छारे रोगको कारण शरीर काम्ने भएको कारण हिँडडुल गर्न नसक्ने भएपछि गोठमा राख्नु पर्ने बाध्यता रहेको बताउनुभयो । पहिले पुरानो घर हुँदा परिवारका सदस्यसँगै बस्ने गरेको भए पनि नयाँ घर निर्माण गरिएपछि स्थानीय प्रविधिबाट निर्माण गरिएको भर्‍याङमा चढ्न नसक्ने भएपछि बिरामी युवालाई गोठमै राख्ने गरिएको हो । उहाँले बिरामीले जन्मदेखि आँखा नदेख्ने र त्यस माथि नौ दश वर्षको उमेरबाट छारे रोग लागेको कारण बिरामीको अवस्था खराब भएको बताउनुभयो । 

बिज्ञापन

बिरामीले सधैँभरि कराउने गर्दै आउनु भएको छ । जिल्ला अस्पतालमा एक पटक उपचारका लागि लगिएको बताउँदै उहाँले त्यसबाट बिरामीको उपचार सन्चो हुन नसकेको बताउनुभयो । जिल्ला बाहिर आर्थिक अभावको कारण थप उपचारका लागि लग्न नसकिएको बताउनुभयो । विगतदेखि नै बिरामीलाई परिवारका सदस्यहरूले खाना पकाएर गोठमै दिने गर्नु भएको छ । 

बोल्न पनि नसक्ने बिरामी बोहरा दिसा पिसाब पनि गोठकै छेउमा गर्ने गर्दै आउनु भएको छ । यस्तो अवस्था भए पनि बिरामीका दाइ बोहराले थप उपचारका लागि आर्थिक सहयोग जुटाई दिन सबै निकाय र व्यक्तिगत रूपमा सहयोगको लागि आग्रह गर्नुभयो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।