राजनीति

जनता क्याम्पसमा समाजवादीनिकट अनेरास्ववियुका यावद बिजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

घोराही, चैत ५ गते । दाङको गढवामा रहेको जनता बहुमुखी क्याम्पसमा नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियुका इवराज यादव बिजयी हुनुभएको छ । प्रत्यक्षतर्फ निर्वाचनमा खसेको एक सय १३ मतमध्ये ६३ मत प्राप्त गरेर यावद बिजयी हुनुभएको हो । 

स्ववियु सभापतिमा अखिल (क्रान्तिकारी) का गोविन्दप्रसाद यादव ४१ मत र अखिल (क्रान्तिकारी) बैद्यका बिशाल यादवले चार मत प्राप्त गरेर पराजित हुनुभयो । त्यसैगरी सचिवमा समाजवादी निकट अनेरास्ववियुकै पुष्पा खड्का ७० मत प्राप्त गरेर बिजयी हुनुभएको निर्वाचन अधिकृत ठाकुर खनालले जानकारी दिनुभयो । 

बिज्ञापन

सचिवमा अखिल छैठौका पुष्पा धिताल ३८ मत प्राप्त गरेर पराजित हुनुभयो । कोषाध्यक्षमा अखिल क्रान्तिकारीका ओमप्रकाश यादव बिजयी हुनुभएको छ । नेविसंघका सुदीप बुढाथोकी पराजित हुनुभयो । बिजयी यादवले ७९ मत प्राप्त गर्दा पराजित बुढाथोकीले ३१ मत मात्रै प्राप्त गर्नुभयो । 

सदस्यमा नेविसंघबाट टीका चौधरी, यमुना सुवेदी र अखिल छैठौबाट मनिषा उपाध्याय बिजयी हुनुभएको निर्वाचन अधिकृत खनालले जानकारी दिनुभयो । जनता बहुमुखी क्याम्पस गढवामा १ सय ७९ मतदाता रहेकोमा १ सय १३ मत खसेको थियो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।