यी प्रदेशमा आज चट्याङसहित वर्षा

धनगढी: हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल देशभर आँशिक देखि सामान्य बदली रही सुदूरपश्चिम, बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन, चट्याङ सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
आज देशभर सामान्य देखि पूर्ण बदली रहने छ। बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानहरुमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ। यस्तै राती देशभर आँशिक देखि सामान्य बदली रहने छ। देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
