टीकापुर

वीरेन्द्र विद्यामन्दिर क्याम्पसमा स्ववियु निर्वाचन चैत्र ६ गते हुने

बिज्ञापन

टीकापुरस्थित वीरेन्द्र विद्या मन्दिर क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको चुनाव चैत्र ६ गते हुने भएको छ । निर्वाचन समिति, विद्यार्थी संगठन, क्याम्पस प्रशासन, विद्यार्थी संगठन आवद्ध राजनितिक दलबिच शनिबार भएको छलफलमा चैत्र ६ गते स्ववियू चुनाव गर्ने सहमति भएको निर्वाचन अधिकृत धर्मबहादुर विष्टले जानकारी दिनुभयो ।
विद्यार्थीको परिचय पत्रका विषयमा असन्तुष्टि जनाउँदै अनेरास्ववियूले क्याम्पसमा तालावन्दि गरेपछि क्याम्पसमा तनाव सिर्जना भएको थियो । विरेन्द्र क्याम्पसमा नेपाली कांग्रेसको नेपाल विद्यार्थी संघ, नेकपा एमालेको अनेरास्ववियू, नेकपा माओवादी केन्द्रको अनेरास्ववियू क्रान्तिकारी र नागरिक उन्मुक्ती पार्टीको नागरिक विद्यार्थी समाज गरी ४ ओटा प्यानल स्ववियू चुनावमा होमिएका छन् । 
प्रत्यक्ष तर्फ ४ ओटा संगठनको अध्यक्षमा उम्मेदवारी परेपनि समानुपातिक तर्फ भने ५ ओटा विद्यार्थी संगठनले उम्मेदवारी दर्ता गरेका निर्वाचन अधिकृत विष्टले जानकारी दिनुभयो । यसअघि चैत्र ५ गते आजका लागि निर्वाचनको तयारी भैरहेको थियो । 

बिज्ञापन
बिज्ञापन