सुदूरपश्चिम प्रदेश

कैलालीका २ क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गत कैलालीका २ क्याम्पसमा आज स्ववियु निर्वाचन हुँदै छ ।

कैलाली धनगढीमा रहेका कैलाली बहुमुखी क्याम्पसमा र अत्तरियामा रहेको दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा आज निर्वाचन हुन लागेको हो ।

बिज्ञापन

कैलाली बहुमुखी क्याम्पसमा नेकपा एमाले सम्बद्ध अनेरास्ववियुबाट यमराज जोशी, नेविसंघबाट हरिस खत्री, अखिल क्रान्तिकारीबाट पवन सुनार, राप्रपाबाट नवीन शाह, स्वतन्त्र विद्यार्थी समूहबाट विष्णुकुमार साउद चुनावी मैदानमा छन् । यहाँ मिलन विक, खगेद्रप्रसाद अवस्थी, ध्रुवराज न्यौपाने र बमबहादुर विकले पनि उम्मेदवारी दिएका छन् ।

जोशी एमाले र नेकपा एकीकृत समाजवादीका साझा उम्मेदवार भएका छन् ।

दुर्गा लक्ष्मी बहुमुखी क्याम्पसमा भने एमालेको विद्यार्थी सङ्गठन अनेरास्ववियुबाट बाट पुष्पराज सुवेदी नेतृत्वको प्यानल र नेविसंघ, अखिल क्रान्तिकारी र अखिल छैटौँबाट भुवन महरा नेतृत्वको प्यानल चुनावी मैदानमा छन् ।

सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा भने २१ गते निर्वाचन हुँदै छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।