सुदूरपश्चिम प्रदेश

राष्ट्रिय युवा संघ डडेल्धुराको अध्यक्षमा बोहरा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । नेकपा एमाले सम्वद्ध राष्ट्रिय युवा संघ नेपाल डडेल्धुराको अध्यक्षमा मोहन बोहरा चयन भएका छन् । आज डडेल्धुरामा भएको आठौँ जिल्ला अधिवेशनमार्फत अध्यक्षमा बोहरा सर्वसम्मत चयन भएका हुन् ।

त्यस्तै, उपाध्यक्षमा वसन्त चुनारा, सचिवमा दिनेश ताम्राकार, सहसचिवमा सागर देउवा र बसन्ती पाल, कोषाध्यक्षमा सरस्वती महरा चयन भएका छन् ।

बिज्ञापन

आठौँ अधिवेशन ले ३५ सदस्यीय जिल्ला कमिटी चयन गरेको प्रदेश संयोजक विजय शाहले जानकारी दिए ।

अधिवेशन राष्ट्रिय युवा संघ प्रदेश इन्चार्ज बिष्णा चन्दको प्रमुख अतिथिमा सुरु भएको थियो । प्रदेश संयोजक विनय शाह,सहसंयोजक भरत मल्ल, पार्टी जिल्ला सचिव गजेन्द्र शाही लगायतको उपस्थिति रहेको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।