राजनीति

तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवार उठाउने राप्रपाको निर्णय

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा तीनवटै क्षेत्रमा उम्मेदवार उठाउने भएको छ ।

सोमबार बसेको राप्रपाको पदाधिकारी बैठकले तनहुँ–१, बारा–२ र चितवन–२ मा हुने उपनिर्वाचनमा आफ्ना उम्मेदवार उठाउने निर्णय गरेको हो । बैठकले ती निर्वाचन क्षेत्रमा पार्टीको कमाण्डर पनि तोकेको छ ।

बिज्ञापन

चितवन–२ मा नेता विक्रम पाण्डे, तनहुँ–१ मा नीलकण्ठ काफ्ले र बारा–२ मा बुद्धिमान तामाङलाई कमाण्डर तोकिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार कमाण्डरहरूले आवश्यक छलफल गरेर उम्मेदवारबारे निर्णय लिने छन् । उपनिर्वाचनका लागि चैत २० गते मनोनयन दर्ताको समय तोकिएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।