अछाम जाँदा भीम रावलसँग पासपोर्ट लिनुपर्दैन : विष्णु पौडेल

१४ चैत, डोटी । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेता भीम रावल लगातार पार्टी विरोधी गतिविधिमा लागेको आरोप लगाएका छन् । उनले अछाममा रावलले आफूलाई अप्ठेरोमा पार्ने प्रयास गरेको समेत आरोप लगाए ।
‘उहाँले कैलालीमा बसेर अछाममा मेराविरुद्ध तोप पड्काउने प्रयत्न गर्नुभएछ’ एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट कार्यक्रम अन्तर्गत मंगलबार डोटीमा आयोजित कार्यक्रममा पौडेलले भने, ‘तर तोपमा गोबर हालेर पड्काउन खोज्नुभएछ, तोपमा बारुद हालेको भए पड्किन्थ्यो ।’

सोमबार अछामको साँफेबगरमा भएको एमालेको कार्यक्रममा उपाध्यक्ष विष्णु पौडेल सहभागी भएका थिए । उक्त कार्यक्रममा भएको विवादलाई जोड्दै उपाध्यक्ष पौडेलले भने ‘उहाँलाई कसैले अछाम जाँदा उहाँसंग भिसा, पासपोर्ट लिएर जानुपर्छ भन्ने लाग्दोरहेछ, जुनसुकै नागरिकले पनि नेपालको जुनसुकै ठाउँमा जान पाउँछन् ।’
रावलले गम्भीर गल्ती गर्दा पनि पार्टीले सहेको भन्दै पौडेलले सच्चिएर आउने आशा अझै बाँकी रहे पनि कुर्ने समय सकिँदै गएको बताए । रावलले विगतमा संसदमा, सडकमा र निर्वाचनमा पार्टीविरुद्ध गम्भीर गल्ती गरेको आरोप लगाए ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
