खेलकुद

उपाधिका लागि नेपाल लाओससँग भिड्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौँ– प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधिका लागि आज आयोजक नेपाल र लाओस  भिड्दैछन् ।

खेल दशरथ रंगशालामा साँझ ५ः३० बजे सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।

बिज्ञापन

आज नेपालको लक्ष्य उपाधि तित्नु नै रहेको नेपालका मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टो एनिसले बिहीबारको प्रि–म्याच कन्फ्रेन्समा बताएका थिए । आफ्नो टोलीले उपाधि जित्नेमा आफू आशावादी रहेको स्पष्ट पारे ।

तीन टोली सम्मिलित कपमा भुटान भने बाहिरिएको छ । समूह चरणको खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो । फिफा वरीयतामा पनि लाओस नेपालभन्दा अलि पछि छ ।

नेपाल १७५ औँ स्थानमा छ भने लाओस १८७ स्थानमा छ । यसर्थ, नेपालले आज तुलनात्मक कमजोर प्रतिद्वन्द्वी लाओसलाई हराएर उपाधि जित्ने अपेक्षा गरिएको छ ।  

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।