शपथलगत्तै मन्त्री श्रेष्ठले भेटिन् जेलमा रहेका श्रीमान

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ डिल्लीबजारस्थित कारागार पुगेकी छन्। नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई भेट्न कारागार पुगेकी हुन्।
राष्ट्रिति कार्यालयमा शपथ लिएलगत्तै श्रेष्ठ आफ्नो श्रीमान समेत रहेका चौधरीलाई भेट्न कारागार पुगेको स्रोतले बतायो। कारागारमा करिब १५-२० मिनेट कुराकानी गरेर मन्त्रालय फर्किएकी छन्।

मन्त्री श्रेष्ठले टीकापुर घटनाका मुख्य अभियुक्त चौधरी छाड्न सरकारसँग दबाब दिइरहेकी छन्। तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित गठबन्धन दलका शीर्ष नेताहरुले चौधरीलाई छाड्ने आश्वासन दिएपछि सरकारमा सहभागि भएको बुझिएको छ। सरकारले ल्याउने न्यूनतम साझा कार्यक्रममा पनि त्यसलाई समेट्ने तयारी छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
