राजनीति

राष्ट्रिय युवा संघ कैलालीको अध्यक्षमा लक्ष्मण थापा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

कैलाली । राष्ट्रिय युवा संघ कैलालीको अध्यक्षमा लक्ष्मण थापा निर्वाचित भएका छन् । कैलालीको घोडाघोडी नगरपालिका १ मा सम्पन्न नवौँ अधिवेशन मार्फत थापा अध्यक्षमा निर्विरोध भएका हुन ।

उपाध्यक्षमा डेबिट खडका, सचिवमा अनन्त बोहरा, सह–सचिवमा केशर बोगटी र छत्र बुढा र कोषाध्यक्षमा कोषाध्यक्षमा कल्पना ओझा निर्विरोध निर्वाचित भएको राष्ट्रिय युवा संघ कैलालीका इन्चार्ज अरुण कुवरले जानकारी दिए । अधिवेशनले कैलालीका सबै पालिकाबाट प्रतिनिधित्व हुने गरी ४६ सदस्यीयको जिल्ला कमिटी गठन गरेको हो ।

बिज्ञापन

हिजो एमाले केन्द्रीय सचिव तथा प्रदेश इन्चार्ज लेखराज भट्टले अधिवेशनको उद्घाटन गरेका थिए।

एमाले पोलिट ब्युरो सदस्य तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेत, केन्द्रीय अध्यक्ष किरण पौडेल पूर्व केन्द्रीय अध्यक्षहरू निरु पाल र बच्चन सिंह लगायतको उपस्थितिमा हिजो सुरु भएको अधिवेशन आज नयाँ नेतृत्व चयन गर्दै टुङ्गिएको हो। कैलालीमा १० वर्षपछि राष्ट्रिय युवा संघ नेपालले जिल्ला अधिवेशन मार्फत नयाँ नेतृत्व चयन गरेको हो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।