खेलकुद

आइपीएल : दिल्लीलाई ५० रनले हराउँदै लखनउ विजयी

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले दिल्ली क्यापिटल्सलाई ५० रनले पराजित गरेको छ । घरेलु मैदान लखनउमा भएको खेलमा पाहुना टोली दिल्लीलाई पराजित गर्दै लखनउले विजयी सुरुवात गरेको हो ।

लखनउले दिएको १ सय ९४ रनको लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन मात्र बनायो । दिल्लीका कप्तान डेविड वार्नरले सर्वाधिक ५६ रन बनाए ।

बिज्ञापन

लखनउका मार्क उडले ५ तथा आवेस खान र रवि बिष्नोईले समान २/२ विकेट लिए । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९३ रन बनाएको थियो ।

लखनउका कायल मेयर्सले ७३ रनको अर्धशतकीय पारी खेले । दिल्लीका खलिल अहमद र चेतन साकरियाले समान २/२ तथा अक्षर पटेल र कुलदीप यादवले समान १/१ विकेट लिए । जितसँगै लखनउले २ अङ्क जोडेको छ ।

जितसँगै २ अङ्क बनाएको लखनउ शीर्ष स्थानमा रहेको छ । हारसँगै अङ्कविहीन दिल्ली छैटौँ स्थानमा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा पन्जाब किङ्ग्सले कोलकता नाइट राइडर्सलाई डीएल पद्धतिमा ७ रनले हराएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।