राष्ट्रिय समाचार

त्रिभुवन विमानस्थलमा ट्याक्सी चालकको आन्दोलन, पार्किङ शुल्क महँगो भएको गुनासो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको भन्दै ट्याक्सी चालकहरूले विरोध जनाएका छन् ।

विमानस्थलमा पार्किङ गरेपछि न्यूनतम नै ८० रूपैयाँ तिर्नुपरेकाले न्यूनतम पार्किङ शुल्क कायम गर्नुपर्ने माग राख्दै उनीहरूले विरोध प्रदर्शन गर्दै केहीबेर सेवा बन्द गरेका हुन् । पार्किङ भाडा बढाएका कारण आफुहरू मारमा परेको उनीहरूको गुनासो छ ।

बिज्ञापन

नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, एयरपोर्ट मिटर ट्याक्सी इकाइ समितिका अध्यक्ष दिलबहादुर शाक्यले विमानस्थल क्षेत्रमा पार्किङ शुल्क महँगो भएको र आफूहरूमाथि ज्यादती गरेको भन्दै सेवा बन्द गर्नुपरेको बताए ।

विमानस्थलको जग्गा आईएमएस एयरपोर्ट सर्भिस नामको कम्पनीले भाडामा लिएको छ । यसअघि २० रूपैयाँ लिने गरेकोमा अहिले ८० रूपैयाँ लिएको र यसबाट सर्वसाधारणसँगै महँगो भाडा लिनुपरेको मजदुरहरूले जनाएका छन् ।

यस विषयमा धेरै पटक पत्रचार गर्दा पनि सम्बन्धित निकायले कुनै सुनुवाइ नगरेकाले बाध्य भएर आन्दोलन गनुपरेको उनीहरूले जनाएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।