राजनीति

माओवादी घटकहरुले चैत २७ गते अन्तरक्रिया गर्ने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमडौं । माओवादी घटकहरुले आगामी चैत २७ गते अन्तरक्रिया गर्ने भएका छन् । माओवादी विचार धारा बोकेका दलहरूले शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका विषयमा काठमाडौँको प्रज्ञा भवनमा अन्तरक्रिया गर्ने भएका हुन् ।

माओवादी धाराको यसअघिकै कार्यक्रमको निरन्तरता स्वरूप द्वन्द्वरत पक्ष र विपक्ष दुबैलाई राखेर चैत २७ गते अन्तरक्रिया गरिने नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाले बताए ।

बिज्ञापन

सबै पक्षसँग अन्तरक्रिया गरेर शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय टुङ्गो लगाउन खोजिएको उनले बताए । साथै उनले अन्तरक्रिया कार्यम्रममा अन्य सरोकारवाला निकायलाई समेत बोलाइएको उनले बताए ।

माओवादी घटकमा नेकपा माओवादी केन्द्रसहित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी, कर्णजीत बुढा नेतृत्वको माओवादी समाजवादी, प्रभु साह नेतृत्वको आमजनता पार्टी एक ठाउँमा उभिएका छन् ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।