स्ववियु निर्वाचन : टीकापुर बहुमुखी क्याम्पसमा नेविसंघको प्यानल विजयी

टीकापुर । कैलालीको टीकापुर स्थित टीकापुर बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघको प्यानल विजयी भएको छ ।
अध्यक्षमा नेविसंघका नृप थापासहित सम्पूर्ण प्यानल विजयी भएको हो । थापा ४७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी अनेरास्ववियुका सुन्दर विश्वकर्मा थापाले ३४२ मत पाए ।

नागरिक विद्यार्थी समाजबाट भीमबहादुर चौधरीले २६६ र अनेरास्ववियु क्रान्तिकारीबाट भूपेन्द्र रावलले २३३ मत पाएका थिए । सचिवमा मनिराज भाट ५१० ल्याएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी नागरिक विद्यार्थी समाजका अनुज चौधरीले २८७ मत पाए ।
कोषाध्यक्षमा अनिता डंगौंरा थारु ४७४ मत ल्याएर विजयी भए ।
सदस्यमा नेविसंघकै कुलराज भाट, निशा शाह, प्रदीप कुमार चौधरी, सरोज कुमार धामी, पार्वती कुमारी जोशी, इन्द्रबहादुर विक र गिरेन्द्र बोहरा विजयी भएको निर्वाचन अधिकृत लालसिंह कार्कीले जानकारी दिए ।
१६ सय १२ विद्यार्थी मतदाता रहेको टीकापुर बहुमुखी क्याम्पसमा हिजो भएको मतदानमा १३ सय ४३ मत खसेको थियो ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
