घटना समाचार

सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु

बिज्ञापन

काठमाडौं । सिक्किमको हिमपहिरोमा परेर तीन जना नेपालीको मृत्यु भएको छ ।

बिज्ञापन

सिक्कम सरकारले बिज्ञप्ति जारी गर्दै गान्तोक–नाथुला जेएनएम सडकमा गएको भीषण हिमपहिरोमा परेर ३ नेपालीसहित ७ जनाको मृत्यु भएको जानकारी दिएको हो ।

मृत्यु हुने तीन नेपालीहरुमा चितवनका शिवप्रसाद लामिछाने, आशिका ढकाल र रुपन्देहीको मुना शाह श्रेष्ठ रहेका छन् ।नेपालबाट घुम्न गएका उनीहरु अचानक आएको हिमपहिरोमा परेका हुन् ।

तीनै जनाको शव नेपाल ल्याउने तयारी भइरहेको छ । मृत्यु हुनेहरूमा उत्तर प्रदेशका बल सिंह र रेव्या सिंह, कोलकाताका सौरभ रोय चौधरी र प्रितम मात्ये रहेका छन् । त्यस्तै हिमपहिरोमा परेर ३ नेपालीसहित १३ जना घाइते भएका छन् । घाइते हुने नेपाीहरूमा ४३ वर्षका रमेश खनाल, ३८ वर्षकी ज्योति गुरूङ, ४० वर्षकी गीता सापकोटा रहेका छन् ।

बिज्ञापन