दार्चुलामा एमाले उपाध्यक्ष र कांग्रेसका पूर्व सचिवबीच कुटाकुट
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । दार्चुलामा नेकपा एमालेका जिल्ला उपाध्यक्ष र नेपाली कांग्रेसका पूर्व जिल्ला सचिवबीच कुटाकुट भएको छ ।
बुधबार राति पौने ९ बजेतिर जिल्लाको महाकाली नगरपालिका ४ सुपथ मूल्य पसल अगाडि विवाद हुँदा एमालेका जिल्ला उपाध्यक्ष चरनसिंह बुढाथोकी र कांग्रेसका पूर्व जिल्ला सचिव हर्क विष्टबीच कुटाकुट भएको हो ।
बिज्ञापन

कुटपिटबाट विष्टको हात–खुट्टामा चोट लागेको र दुवै पक्षलाई आज छलफलका लागि बोलाएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
